सरकारले तोक्यो निर्वाचनका समयको बिदा

हिमाल प्रेस २९ कार्तिक २०७९ ६:३७
सरकारले तोक्यो निर्वाचनका समयको बिदा

काठमाडौँ- आसन्‍न मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले मंगलबार जारी गरेको सूचनाअनुसार मतदानस्थल रहेका शिक्षण संस्था तथा विद्यालयमा मंसिर २ देखि ५ गतेसम्म बिदा दिइने भएको हो।

यस्तै सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा मंसिर ४ र ५ गते बिदा दिइने सूचनामा उल्लेख छ।

प्रकाशित: २९ कार्तिक २०७९ ६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 11 =