एक हजारले बढ्यो सुनको मूल्य

हिमाल प्रेस २९ कार्तिक २०७९ ६:३५
एक हजारले बढ्यो सुनको मूल्य

काठमाडौँ- सुनचाँदी बजारमा आज (मंगलबार) छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रूपैयाँले बढेको छ। सोमबार प्रतितोला ९७ हजार २ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९८ हजार २ सय तोकिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ७ सय थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० ले बढेर १ हजार ३ सय २५ पुगेको महासंघले जनाएको छ। महासंघले अन्तरराष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ।

प्रकाशित: २९ कार्तिक २०७९ ६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =