रूसको रोक्का सम्पत्ति जफत गर्ने इयूको प्रस्ताव

हिमाल प्रेस १५ कार्तिक २०७९ ६:१०
रूसको रोक्का सम्पत्ति जफत गर्ने इयूको प्रस्ताव

काठमाडौँ– युरोपेली आयोगले युक्रेनलाई द्वन्द्वका कारण भएको क्षतिको क्षतिपूर्ति दिन रोक्का रूसी सम्पत्ति जफत गर्ने योजना बुधबार प्रस्ताव गरेको छ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले एक विज्ञप्ति जारी गर्दै उक्त रकम युक्रेनमा भएको क्षतिको क्षतिपूर्तिका लागि पठाइने बताएकी हुन्।

‘हामीले रूसी केन्द्रीय बैंकको ३ सय अर्ब युरो रोक्का गरेका छौं। साथै, रुसी कुलीन वर्गको सम्पत्ति जफत गरेका छौं,’ उनले भनिन्।

अन्तर्राष्ट्रिय बजारमा बुधबार १ यूरोको १.४ अमेरिकी डलरले कारोबार भएको छ।

‘छोटो अवधिमा, युरोपेली सङ्घ (ईयू) र यसका साझेदारहरूले कोषको व्यवस्थापन गर्न सक्दछन् र युक्रेनलाई हस्तान्तरण नगरेसम्म लगानी गर्न सक्दछन्,’ उनले भनिन्, ‘हामी यसलाई सम्भव बनाउन हाम्रा साझेदारहरूसँग अन्तर्राष्ट्रिय सम्झौतामा काम गर्नेछौँ र सँगसँगै यसलाई प्राप्त गर्न कानुनी तरिकाहरूको खोजी गर्न सक्छौँ।’

प्रकाशित: १५ कार्तिक २०७९ ६:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =