कर्णालीमा झण्डै १६ प्रतिशत मत बदर

हिमाल प्रेस १४ मंसिर २०७९ १४:४६
56
SHARES
कर्णालीमा झण्डै १६ प्रतिशत मत बदर तस्बिरः रासस

सुर्खेत- कर्णाली प्रदेशका जिल्लामा करिब १६ प्रतिशतसम्म मत बदर भएको छ। मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत सम्बन्धित जिल्लाका निर्वाचन कार्यालयले दिएको प्रारम्भिक तथ्यांकअनुसार सुर्खेतमा मात्रै ८ हजार ३१८ मत बदर भएको छ।

दुईवटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा १ लाख ५४ हजार ८११ मत खसेकोमा ८ हजार ३०० भन्दा धेरै मत बदर भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले जानकारी दिए। यो करिब ५.३७ प्रतिशत हुन हो।

५ वर्षअघिको निर्वाचनको तुलनामा बदर मतको दर घटे पनि कर्णालीमा मतदाता शिक्षा अझै प्रभावकारी हुन नसकेको देखिन्छ। यस्तै सबैभन्दा कम मतदाता रहेको हिमाली जिल्ला डोल्पामा करिब २ हजार मत बदर भएको छ। निर्वाचन कार्यालय डोल्पाका अनुसार १७ हजार ८३७ मत खसेकोमा १ हजार ९९९ मत बदर भएको छ, जुन ११ प्रतिशभन्दा धेरै हो।

जाजरकोटमा ११ प्रतिशत मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। जाजरकोटमा प्रत्येक मतदान केन्द्रमा ४ देखि ११ प्रतिशत मत बदर भएको पाइएको निर्वाचन कार्यालय जाजरकोटका निमित्त प्रमुख नवीन कठायतले जानकारी दिए।

प्रकाशित: १४ मंसिर २०७९ १४:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + sixteen =