हेराल्ड कलेजको दीक्षान्त सम्पन्न, ३९७ विद्यार्थी दीक्षित

हिमाल प्रेस १४ मंसिर २०७९ १२:११
6
SHARES
हेराल्ड कलेजको दीक्षान्त सम्पन्न, ३९७ विद्यार्थी दीक्षित

काठमाडौँ- हेराल्ड कलेज काठमाडौँको दीक्षान्त समारोह–२०२२ सम्पन्न भएको छ। समारोहमा स्नातक तह पूरा गरेका ३९६ जना विद्यार्थी दीक्षित भएका हुन्।

त्यसमध्ये ३६१ जना विद्यार्थी बिएस्सी (अनर्स) कम्प्युटर साइन्स र ३५ जना विद्यार्थी बिएस्सी (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट विषयका रहेको कलेजले जनाएको छ।

सबै विद्यार्थीलाई बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका सह उपकुलपति टिम स्टिलले दीक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए।

दीक्षित उत्कृष्ट विद्यार्थीलाई इनोभेट नेपाल गु्रपले छात्रवृत्तिसमेत उपलब्ध गराएको छ। त्यसैगरी ग्रुपले हेराल्ड कलेजमा अन्तर्राष्ट्रिय एमबीए अध्ययन गर्नसमेत छात्रवृत्तिको व्यवस्था गरेको छ।

दीक्षान्त समारोहमा बोल्दै कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश श्रेष्ठले व्यावहारिक र सीप केन्द्रित पढाइका कारण हेराल्ड कलेजमा अध्ययन गरेका विद्यार्थीलाई रोजगारीमा समस्या नहुने बताए।

कार्यक्रमका प्रमुख अतिथि विश्वविद्यालयका प्रो भाइस चान्सलर टिम स्टिलले नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा दिएकोमा कलेजलाई धन्यवाद दिनुको साथै विद्यार्थीको उज्जवल भविष्यको कामना पनि गरे।

हेराल्ड कलेजले चार वर्षे ब्याचलर अफ इन्टरनेशल बिजनेश म्यानेजमेन्ट, तीन वर्षे बिएससी (अनर्स) कम्प्युटर साइन्स र दुई वर्षे अन्तर्राष्ट्रिय एमबीए कक्षा सञ्चालन गरिरहेको छ।

प्रकाशित: १४ मंसिर २०७९ १२:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =