३५ दिनभित्रमा उपत्यकामा बनेका अनधिकृत जग्गाका भवन हटाउन निर्देशन

हिमाल प्रेस १४ मंसिर २०७९ ८:१६
6
SHARES
३५ दिनभित्रमा उपत्यकामा बनेका अनधिकृत जग्गाका भवन हटाउन निर्देशन

काठमाडौँ- काठमाडौँ उपत्यकामा रहेका अतिक्रमिक जग्‍गामा बनेका भवन ३५ दिनभित्र खाली गर्न काठमाडौँ उपत्यका प्राधिकरणले आह्वान गरेको छ।
प्राधिकरणले सूचना जारी गर्दै सोही समयभित्र भवन खाली नगरेमा प्राधिकरण आफैले भवन भत्काउने बताएको छ।

उपत्यकाका नगरहरुको विकास र विस्तार गर्दै उपत्यकालाई व्यवस्थित बनाउन काठमाडौँ उपत्यका ‌ऐन निर्माण भएको र त्यही बमोजिम काठमाडौँ उपत्यका विकास प्राधिकरण स्थापना भएको सूचनामा उल्लेख छ।

प्राधिकरणसम्बन्धी ऐन कार्यान्वयन सम्बन्धमा नियमित, नियन्त्रण र निषेध गर्ने अधिकार काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन र उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमिक गरी निर्माण गरिएका अनधिकृत संरचना बनाउने हटाउने काम पनि प्राधिकरणको भएको बताइएको छ।

सूचनामा सोही समयमा संरचना हटाउन अनुरोध गरिएको छ भने नहटाएमा प्राधिकरणले आफै हटाउने उल्लेख छ। प्राधिकरणले हटाउँदा लाग्‍ने लागत समेत सम्बन्धित व्यक्तिलाई असुल गराउन लगाउने उल्लेख छ।

प्रकाशित: १४ मंसिर २०७९ ८:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =