यस्तो छ ‘पुष्पा’को रुसी भाषाको ट्रेलर

हिमाल प्रेस १३ मंसिर २०७९ १५:५८
18
SHARES

काठमाडौँ- ब्लकबस्टर फिल्म ‘पुष्पा : द राइज’ रुसमा प्रदर्शनमा आउने भएको छ। डिसेम्बर १ र ३ मा क्रमशः मस्को र सेन्ट पिटसबर्गमा फिल्मको विशेष सो हुनेछ।

व्यावसायिक रूपमा सफल ‘पुष्पा’ विभिन्न भाषामा रिलिज भएको छ। रुसमा रिलिज हुने भएपछि फिल्म रुसी भाषामा डब गरिएको छ।

रुसमा डिसेम्बर ८ मा प्रदर्शनमा आउने ‘पुष्पा’को रुसी भाषाको ट्रेलर बाहिरिएको छ।

भारतमा फिल्म डिसेम्बर २०२१ मा प्रदर्शनमा आएको थियो। दक्षिणमा मात्र नभई उत्तर भारतका दर्शकले पनि फिल्म खूब मन पराएका थिए।

फिल्ममा साउथका सुपरस्टार अल्लु अर्जुन मुख्य भूमिकामा छन्। फिल्मसँगै उनको लोकप्रियता पनि चुलिएको छ।

फिल्ममा अल्लु अर्जुनबाहेक रश्मिका मन्दाना, फहद फासिल, सुनीललगायत कलाकारको अभिनय छ।

दर्शक फिल्मको दोस्रो भागको प्रतीक्षामा छन्। फिल्म २०२३ सम्म रिलिज हुनेछ।

प्रकाशित: १३ मंसिर २०७९ १५:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =