सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु

हिमाल प्रेस १३ मंसिर २०७९ १३:४१
सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु सांकेतिक तस्बिर।

काठमाडौँ- काठमाडौँको गोकर्णेश्वर र टोखामा सवारीसाधन दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ भगवतीस्थानस्थित सडकमा बा ९ च ३३८२ नम्बरको कार र प्र-१-०२-००१ प २३३० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालक खोटाङ घर भई काठमाडौँको कपन मिलनचोक बस्ने २६ वर्षीय रवि घिमिरेको गएराति मृत्यु भएको हो।

दुर्घटनामा सख्त घाइते उनको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यस्तै टोखा नगरपालिका वडा नं ६ ग्रिनल्याण्ड हरीयाली बस्ती नजिक सडकमा बा ७४ प ५७५९ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक नुवाकोट पञ्चकन्या गाउँपालिका-४ बस्ने २६ वर्षीय सबिन कँडेलको गएराति मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको भने धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

प्रकाशित: १३ मंसिर २०७९ १३:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 3 =