सुशासन र विकासबाट भ्रम छर्ने प्रवृतिको अन्त्य हुन्छ : प्रचण्ड

हिमाल प्रेस १३ मंसिर २०७९ ११:४७
6
SHARES
सुशासन र विकासबाट भ्रम छर्ने प्रवृतिको अन्त्य हुन्छ : प्रचण्ड

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन र विकासबाट जनतामा फैलाइने भ्रम छर्ने प्रवृत्तिलाई अन्त्य गरिने बताएका छन्।

ललितपुरको खुमलटारमा मंगलबार बिहान गोरखा–काठमाडौं सम्पर्क मञ्चले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासन कायम गर्दै देशको विकास र समृद्धि गर्नुपर्नेमा जोड दिए।

गोरखाका जनताको भरोसा र विश्वासको बलमा आफूले राष्ट्रिय एकता र सुशासन कायम गर्दै देशको समृद्धि र विकास गर्न सकिने उनले बताए। प्रचण्डले आगामी ५ वर्षमा गोरखाली जनताले महसुस गर्नेगरी विकास गरिने प्रतिबद्धता जनाए।

प्रकाशित: १३ मंसिर २०७९ ११:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + twenty =