काठमाडौँ उपत्यकाका ५ अलपत्र ठेक्का तोड्ने चेतावनी

हिमाल प्रेस १३ मंसिर २०७९ ११:१९
18
SHARES
काठमाडौँ उपत्यकाका ५ अलपत्र ठेक्का तोड्ने चेतावनी

काठमाडौँ- काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले काठमाडौँ उपत्यकाका पाँच अलपत्र ठेक्का तोड्ने चेतावनी दिएको छ। कलंकी-नागढुंगा सडक खण्ड , चावहिल-जोरपाटी-संखु सडक विस्तारअन्तर्गतका ३ ठेक्का र नख्खु खोला-भैँसेपाटी-बुंगमती सडक विस्तारको ठेक्का लिने ठेकेदारहरूलाई चेतावनी दिइएको हो।

पाँच ठेकेदार कम्पनीले सबै ठेक्का लिएर अलपत्र छोडेका छन्। उनीहरूलाई सात दिनभित्र कार्यालय उपस्थित हुन अल्टिमेटम दिइएको छ।

कलंकी-नागढुंगा सडक विस्तारमा शर्मा/शैलुङ/कान्छाराम जेभीले ठेक्का लिएको छ। चावहिल-जोरपाटी-संखु सडक विस्तारको एउटा ठेक्का युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स प्रालि, दोस्रोमा बज्रगुरु/छ्यांमिला/खानी जेभी र तेस्रो बज्रगुरु/बिरुवा/खानी जेभीले लिएका छन्। नख्खु खोला-भैँसेपाटी-बुंगमती सडकको ठेक्का आशिष/बिरुवा/सिएम जेभीले लिएका छन्।

प्रकाशित: १३ मंसिर २०७९ ११:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 15 =