इरानी रिभोलुसनरी गार्ड मिलिसिया सदस्यको हत्या

हिमाल प्रेस १३ मंसिर २०७९ ६:१०
इरानी रिभोलुसनरी गार्ड मिलिसिया सदस्यको हत्या

काठमाडौँ– इरानको रिभोलुसनरी गार्ड मिलिसियाका एक सदस्यलाई सोमबार गोली हानी हत्या गरिएको छ। इस्लामिक गणतन्त्र दुई महिनाभन्दा बढी लामो आन्दोलनले तनावग्रस्त छ।

आक्रमणका दोषीको पहिचानका लागि अनुसन्धान भइरहेको डेपुटी स्थानीय गभर्नर मोहम्मद-रेजा जन्नेसरीले बताएको इरना समाचार एजेन्सीले जनाएको छ।

यस्तै नोभेम्बरको मध्यमा इस्फाहानमा मोटरसाइकलमा आएका दुई आक्रमणकारीले सुरक्षा गार्डहरूमाथि स्वचालित हतियार चलाएर एक प्रहरी कर्णेल र दुई अर्धसैनिकको हत्या गरेका थिए।

प्रकाशित: १३ मंसिर २०७९ ६:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + five =