सीताराम विवाहका लागि स्वयंवर सम्पन्‍न

हिमाल प्रेस १२ मंसिर २०७९ १९:३९
8
SHARES
सीताराम विवाहका लागि स्वयंवर सम्पन्‍न

जनकपुरधाम– सीताराम विवाह पञ्चमी महोत्सवअन्तर्गत सोमबार जनकपुरधाममा स्वयंवर कार्यक्रम सम्पन्न भएको छ।

सोमबार रंगभूमि मैदान (बाह्रविघा)मा स्वयंवर कार्यक्रम सम्पन्‍न भएको हो। विवाह उत्सवमा सहभागी हुन नेपाल र भारतका विभिन्न स्थानबाट श्रद्धालुहरू जनकपुरधाम आएका छन्।

राममन्दिर र जानकी मन्दिरबाट डोला निकाली रंगभेदी मैदान बाह्रविघामा गएर स्वयंवर कार्यक्रम भएको छ। सीताराम विवाह कार्यक्रम सोमबार राति सम्पन्न हुँदैछ। जनकपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + fourteen =