सुकुमबासीको प्रदर्शनमा पेट्रोल बम

हिमाल प्रेस १२ मंसिर २०७९ १७:१९
64
SHARES
सुकुमबासीको प्रदर्शनमा पेट्रोल बम

काठमाडौँ- काठमाडौँ थापाथलीमा काठमाडौँ महानगरपालिका विरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी पेट्रोल बम र खुकुरीसहित प्रतिकारमा उत्रिएका छन्। सुकुमबासी बस्ती हटाउन पुगेका काठमाडौँ महानगर प्रहरी र प्रतिनिधिविरुद्ध उनीहरू घरेलु हतियार लिएर सडकमा उत्रिएका हुन्।

सुकुमबासी बस्ती आसपासमा अशान्त भएको संकेत पाएपछि त्यहाँ पुग्दा केही युवा बियरको बोतलमा धमाधम पेट्रोल जम्मा गर्दै त्यसमा कपडा कोचिरहेका थिए। त्यति बेला उनीहरूले तस्बिर नखिच्न चेतावनी दिए। उनीहरूको आक्रोश काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहमाथि थियो। ती युवाले तयार पारेको पेट्रोल बम केहीबेरपछि सडकमा प्रदर्शनकारीको हातमा पुगेको थियो।

प्रसूति गृहतर्फको बस्तीमा डोजर लगाउन पुगेका प्रहरीमाथि उनीहरूले हस्तक्षेप गरेका छन्। प्रहरी र स्थानीयबीच झडप हुँदा काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख एसपी राजु पाण्डे घाइते भएका छन्। सुकुम्बासी बस्ती हटाउने क्रममा पुगेको महानगर प्रहरीमाथि स्थानीयले ढुंगा प्रहार गर्दा पाण्ड‍े सामान्य घाइते भएका छन्। ढुंगा प्रहारबाट एसपी पाण्डेको टाउकोमा चोट लागेको छ। झडपममा दुवै पक्षका गरेर १४ जना घाइते भएको बताइएको छ।

घटनास्थलमा अहिले करिब तीनसय महानगरका प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी परिचालन गरिएको छ। बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन गरेको थियो। स्थानीयहरू टायर बालेर विरोध जनाइरहेका छन्। त्यस्तै धारिलो हतियारसहितको प्रदर्शन पनि गरिरहेका छन्।

एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो।

प्रकाशित: १२ मंसिर २०७९ १७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + fourteen =