हास्यकलाकारले भरिभराउ ‘सर्कस’को टिजर

हिमाल प्रेस १२ मंसिर २०७९ १३:०१
6
SHARES

काठमाडौँ- बलिउड अभिनेता रणवीर सिंह अभिनीत फिल्म ‘सर्कस’को टिजर सार्वजनिक भएको छ। एक मिनेट लामो टिजरमा फिल्ममा मुख्य भूमिकामा रहेका रणवीर दोहोरो भूमिकामा देखिएका छन्।

उनीसँगै टिजरमा ज्याकलिन फर्नान्डिज, पूजा हेगडे, जोनी लिभर, सञ्जय मिश्रा, वरुण शर्मा, मुकेश तिवारी, सिद्धार्थ जाधव, विजय पाटकर, सुलभा आर्य, अनिल चरनजीत, अश्विनी कालसेकर, मुरली शर्मा, टिकु तल्सानिया, रकेन्द्र कालाङ, मुरली शर्मा , सौरभ गोखले, आशिष वाराङ, उमाकान्त पाटिल, उदय टिकेकरलगायत कलाकार अटाएका छन्।

रोहित सेट्टीको निर्देशनमा बनेको फिल्ममा सन् १९६०को दशकको समयको कथा देखाइनेछ। टिजरमा अहिलेको समय र १९६० को दशकबीच तुलना गरिएको छ।

फिल्मका कलाकारले दुई पुस्ताबीचको भिन्नतालाई स्पष्ट पार्न खोजेका छन्। फिल्म डिसेम्बर २३ मा प्रदर्शनमा आउनेछ। फिल्मको ट्रेलर डिसेम्बर २ मा रिलिज हुनेछ।

रणवीर यसअघि फिल्म ‘८३’मा देखिएका थिए। कबीर खानको निर्देशन रहेको फिल्म असफल भएको थियो। यसपछि भने रणवीर फिल्म ‘रकी और रानी की प्रेम कहानी’मा देखिनेछन्। फिल्ममा उनीसँग अभिनेत्री आलिया भट्ट मुख्य भूमिकामा हुनेछिन्।

प्रकाशित: १२ मंसिर २०७९ १३:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 1 =