‘ह्यापिनेस रिपोर्ट’मा नेपाल तीन स्थान माथि

हिमाल प्रेस १२ मंसिर २०७९ १२:३५
10
SHARES
‘ह्यापिनेस रिपोर्ट’मा नेपाल तीन स्थान माथि

काठमाडौँ- वर्ल्ड ह्यापिनेस रिपोर्टमा नेपाल तीन स्थान माथि उक्लिएको छ। सन् २०२२ को रिपोर्टमा १४६ देश तथा स्वशासित क्षेत्रमध्ये नेपाल ५.३७७ अंकका साथ ८४औँ स्थानमा उक्लिएको हो।

सन् २०२१ को वर्ल्ड ह्यापिनेस रिपोर्टमा नेपाल ५.२६९ अंकका साथ ८७औँ स्थानमा थियो।

वर्ल्ड ह्यापिनेसले प्रतिव्यक्ति आय, सामाजिक सहकार्य, स्वस्थ औसत आयु, स्वतन्त्रतालगायत विषयमा अनुसन्धान गरेर रिपोर्ट तयार पार्दै आएको छ।

१४६ मध्ये यो वर्ष ७.८२१ अंकका साथ फिनल्यान्ड पहिलो नम्बरमा छ। त्यस्तै डेनमार्क दोस्रो, आइसल्यान्ड तेस्रो, स्विट्जल्यान्ड चौथो र नेदरल्यान्ड्स पाँचौँ नम्बरमा परेका छन्।

त्यस्तै क्रमशः लक्जम्बर्ग, स्विडेन, नर्वे, इजरायल र न्युजिल्यान्ड सातौँदेखि दशौँ नम्बरमा छन्।

अमेरिका खुसी हुने राष्ट्रमध्ये १६औँ स्थानमा छ भने बेलायत १७औँ स्थानमा छ।

चीन ७२औँ र भारत १३६औँ स्थानमा छ। सबैभन्दा अन्त्यमा अफगानिस्तान परेको छ। अफगानिस्तानले २.४०४ अंक पाएको छ।

प्रकाशित: १२ मंसिर २०७९ १२:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + three =