सुनसरी-३ : कांग्रेसका गच्छदारलाई पछि पार्दै एमालेकी चौधरीको अग्रता कायमै

हिमाल प्रेस ११ मंसिर २०७९ १९:०७
22
SHARES
सुनसरी-३ : कांग्रेसका गच्छदारलाई पछि पार्दै एमालेकी चौधरीको अग्रता कायमै

इटहरी- सुनसरी क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका विजयकुमार गच्छदारभन्दा नेकपा एमालेकी भगवती चौधरी चार हजार बढी मतान्तरले अगाडि रहेकी छन्। सुनसरी ३ का निर्वाचन अधिकृत उमाकान्त पौडेलले दिएको जानकारी अनुसार हालसम्म यो क्षेत्रमा ५९ हजार ९८१ मतगणना सकिएको छ।

जसअनुसार नेकपा एमालेकी उम्मेदवार चौधरीले २६ हजार ४५ मत प्राप्त गरेकी छन् । यस्तै, कांग्रेसका गच्छदारले २१ हजार ३८५ मत प्राप्त गरेका छन् । उनीहरूको मतान्तर ४ हजार ६६० मत रहेको छ। यो क्षेत्रमा कूल ९२ हजार ३ सय मत खसेको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए।

प्रकाशित: ११ मंसिर २०७९ १९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 5 =