प्रचण्डजी गोरखा र म रौतहट नगएको भए उछिट्याउने रहेछन् : माधव नेपाल

हिमाल प्रेस ११ मंसिर २०७९ १८:५६
172
SHARES
प्रचण्डजी गोरखा र म रौतहट नगएको भए उछिट्याउने रहेछन् : माधव नेपाल फाइल तस्बिर।

काठमाडौँ– नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले हालै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेख्य मत पाएको बताएका छन्।

रौतहटबाट निर्वाचन जितेकोमा बधाई एवम् शुभकामना प्रदान गर्न काठमाडौँ सुविधानगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित भेलालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन्।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेख्य मत पाएको छ। प्रचण्डजी गोरखा र म रौतहट नगएको भए हामीलाई नै उछिट्याइदिने रहेछन्,’ नेपालले भने।

नेपाल रौतहट-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनले निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका अजयकुमार गुप्तालाई ६ हजार ६ सय मले पछि पार्दै विजयी भएका हुन्।

कार्यक्रमलाई सम्बोधनका क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले विश्वास गरेको भन्दै सो पार्टीको प्रशंसा गरे। उनले चुनाव लड्दै आएको काठमाडौँ २ छोडेर रौतहट १ रोजेका थिए।

सत्तागठबन्धनमा सिट बाँडफाँट हुँदा नेपालको पार्टीले प्रतिनिधिसभातर्फ २० सिट पाएकोमा १० सीटमा जित निकालेको छ। एकीकृत समाजवादीबाट चुनाव जित्नेमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल, पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे, प्रकाश ज्वाला, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भानुभक्त जोशी, कृष्ण श्रेष्ठ (किसान), प्रेमआले, धन बुढा र अम्मर थापा रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 4 =