डेढ वर्षमै किष्ट अस्पतालले गर्‍यो ५१ जनाको मिर्गौला प्रत्यारोपण

हिमाल प्रेस २३ कार्तिक २०७९ १०:४७
डेढ वर्षमै किष्ट अस्पतालले गर्‍यो ५१ जनाको मिर्गौला प्रत्यारोपण

ललितपुर- किष्ट शिक्षण अस्पतालले डेढ वर्षको अवधिमा ५१ जनाको मिर्गौला सफलतापूर्व प्रत्यारोपण गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको अंग प्रत्यारोपण समन्वय समितिको सचिवालयले २०७७ फागुन १८ गते किष्ट शिक्षण अस्पताललाई मिर्गौला प्रत्यारोपणको स्वीकृति दिएको थियो।

अस्पतालले २०७८ वैशाख ८ गते पहिलो मिर्गौला प्रत्यारोपण गरेको थियो। नेपालका साथै अमेरिका, जापान, डेनमार्क तथा मध्यपूर्व देशका नागरिकले समेत किष्टबाट मिर्गौला प्रत्यारोपणको सेवा लिएको अस्पतालले जनाएको छ।

मिर्गौला प्रत्यारोपणको शुल्क चार लाख ५० हजारबाट सुरु हुने अस्पतालको भनाइ छ। प्रत्यारोपण सेवा सहज बनाउन अस्पतालले छुट्टै विभागको स्थापना गरेको छ। सबै आधार ठीक भएमा बिरामी सम्पर्कमा आएको १३ दिनभित्रमा प्रत्यारोपण गराउन सकिने अस्पतालले जनाएको छ।

अस्पतालले मिर्गौला प्रत्यारोपणपछि फ्लोअपमा बोलाउने र आवश्यकताअनुसार टेलिमेडिसिन प्रणालीबाट समेत सेवा दिइरहेको छ।

किष्टले ११ वर्षदेखि मिर्गौला रोगीका लागि हेमोडाइलासिस सेवा दिँदै आइरहेको छ। चार वर्षदेखि विपन्न नागरिकलाई निःशुल्क सेवा दिइरहेको अस्पतालले जनाएको छ।

प्रकाशित: २३ कार्तिक २०७९ १०:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + three =