लघु बिमाका लागि सात कम्पनीले पाए स्वीकृति

हिमाल प्रेस ११ मंसिर २०७९ १८:०४
10
SHARES
लघु बिमाका लागि सात कम्पनीले पाए स्वीकृति

काठमाडौँ– बिमा प्राधिकरणले लघुबिमा व्यवसायका लागि सात कम्पनीलाई स्वीकृति दिएको छ।

प्राधिकरणले आइतबार लघु जीवन बिमाका लागि तीन र लघु निर्जीवन बिमाका लागि चार कम्पनीलाई अनुमति दिने निर्णय गरेको हो।

प्राधिकरणका अनुसार विराटनगर मुख्य कार्यालय रहने गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, वीरेन्द्रनगर कार्यालय रहने गरी क्रेष्ट माइक्रो लाइफ र पोखरामा मुख्य कार्यालय रहने गरी लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लघु जीवन बिमाको अनुमति पाएका हुन्।

त्यस्तै लघुनिर्जीवन बिमाको लागि बुटवल कार्यालय रहने ट्रस्ट माइक्रो इन्स्योरेन्स, भरतपुर कार्यालय रहने नेपाल माइक्रो, जनकपुरधाम मुख्य कार्यालय रहने स्टार माइक्रो र धनगढी मुख्य कार्यालय रहने प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले लघु निर्जीवन बिमाको अनुमति पाएका छन्। लघु बिमाका लागि ३१ कम्पनीले आवेदन दिएका थिए।

प्रकाशित: ११ मंसिर २०७९ १८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =