१२ कार्यक्रमसहित १२औँ वार्षिकोत्सव मनाउँदै सिभिल बैंक

हिमाल प्रेस ११ मंसिर २०७९ १३:५६
14
SHARES
१२ कार्यक्रमसहित १२औँ वार्षिकोत्सव मनाउँदै सिभिल बैंक

काठमाडौँ-  सिभिल बैंकले १२ कार्यक्रमसहित आफ्नो १२औँ वार्षिकोत्सव मनाइरहेको छ। बैंकले ‘गो क्यासलेस’, ‘प्रायरोटी बैंकिङ’, नयाँ एटिएमको सुरुवात तथा विभिन्न सामाजिक कार्यक्रम गर्दै वार्षिकोत्सव मनाएको हो।
बैंकले यहीअन्तर्गत काठमाडौँका साथै नेपालगञ्ज, धनगढी, महेन्द्रनगर, जानकी, भजनीलगायत स्थानमा गुड्ने ट्याम्पुमा क्युआर स्थापना गरेको छ।

सिभिल बैंकले जावलाखेल शाखामा ‘प्रायरोटी बैंकिङ’ सेवा सुरु गरेको छ। यही अवसरमा बैंकले पाँचथरस्थित याङ्वरक शाखामा एटीएम सेवा सुरु गरेको जनाएको छ। त्यस्तै बैंकले सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत ५९ शाखाको सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। जसबाट ९८४ पिन्ट रगत संकलन भएको थियो। वार्षिकोत्सवकै अवसरमा सिभिल बैंकले ५७ शाखाबाट ६ देखि कक्षा १० सम्मका गरिब तथा जेहेन्दार छात्रालाई छात्रवृति स्वरुप जनही ५ हजार प्रदान गरेको छ।

बैंकले देशैभर गरेर पाँच सय जनालाई वित्तीय साक्षरता कार्यक्रम, कात्तिक नाचलाई ७५ हजार नगद सहयोग, नेपाल बाल संगठनमा आश्रित ३५० जना बालबालिकाको लागि ५० हजार बराबरको स्टेशनरी समान पनि हस्तान्तरण गरेको छ।
त्यस्तै धरानमा रहेको निःसहाय सहयोग परिषदको तालिम भवन निर्माण गर्न ५० हजार सहयोग गरेको बैंकले जनाएको छ। सिभिल बैंकले राष्ट्रिय आविस्कार केन्द्रको ‘उच्च प्रविधिको क्लास रुम परियोजना’का लागि ५० हजार सहयोगसमेत गरेको छ। बैंकले अपाङ्गता संरक्षण नेपाललाई ९५ हजार र बेगनास तालका डुंगा व्यवसायीलाई एक सय थान लाइफ ज्याकेट हस्तान्तरण गरेको छ।

प्रकाशित: ११ मंसिर २०७९ १३:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 19 =