उत्पादनको क्षेत्रबाट मंगलम् इण्डष्ट्रिजले बुझायो सर्वाधिक आयकर

हिमाल प्रेस ११ मंसिर २०७९ १३:३०
4
SHARES
उत्पादनको क्षेत्रबाट मंगलम् इण्डष्ट्रिजले बुझायो सर्वाधिक आयकर

काठमाडौँ- मंगलम् इण्डष्ट्रिज प्रालिले औद्योगिक उत्पादन क्षेत्रबाट आर्थिक वर्ष २०७७/७८ मा सर्वाधिक आयकर बुझाएको छ।

आन्तरिक राजस्व विभाग, त्रिपुरेश्वरको कार्यक्षेत्रअन्तर्गत सर्वाधिक आयकर दाखिला गरेको मंगलम् इण्डष्ट्रिजलाई सरकारले सम्मान गरेको छ।

राष्ट्रिय कर दिवस, २०७९ को अवसरमा आयोजित कार्यक्रममा मंगलम् इण्डष्ट्रिजका अध्यक्ष सुदर्शन चुरिवाल र निर्देशक शशी चुरिवालले सम्मान र प्रमाणपत्र ग्रहण गरेका हुन्।

अध्यक्ष चुरिवालले देशमै उत्पादन गरी मुलुकको अर्थतन्त्रमा योगदान पु¥याउन पाएकोमा गौरव लागेको बताए। मंगलमले घर तथा उद्योग निर्माणको क्रममा आवश्यक पर्ने पाइप तथा फिटिङ्ससम्बन्धी सामग्री उत्पादन गर्दै आएको छ।

प्रकाशित: ११ मंसिर २०७९ १३:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =