सिन्धुपाल्चोकमा १ सय २१ जनामा एचआइभी संक्रमण

हिमाल प्रेस २३ कार्तिक २०७९ १०:३८
सिन्धुपाल्चोकमा १ सय २१ जनामा एचआइभी संक्रमण

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकमा एचआइभी संक्रमितको संख्या एक सय २१ पुगेको छ। एचआइभी/एड्स नियन्त्रणका लागि काम गर्दै आएको मिर्मिरे समूहका अध्यक्ष किपक तामाङकाअनुसार संक्रमितहरूमध्ये ५३ महिला र ६८ पुरूष  छन्।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने इचोक गाविसमा सबैभन्दा बढी एचआइभी संक्रमित भेटिएको छ। तीस जना संक्रमितहरूमध्ये ११ महिला र १९ पुरुष रहेका छन्। गत वर्ष जिल्लामा ४३ महिला र ५२ पुरुष गरी ९५ मा एचआइभी/एड्स देखिएको थियो।

समूहका अध्यक्ष तामाङकाअनुसार यो संख्या अझै बढी हुनसक्छ। उनले भने, ‘यो तथ्यांक त हामीसँग सम्पर्कमा आएकाहरूको मात्रै हो, हामीजस्ता संघ-संस्थाहरूको सम्पर्कमा आउन नचाहनेको संख्या अझै बढी रहेको अनुमान गरेका छौँ।’ मिर्मिरेको तथ्यांकमा जिल्लामा ६ बालबालिकामा एचआइभी भेटिएको छ।

प्रकाशित: २३ कार्तिक २०७९ १०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =