रुपन्देही ३ मा दीपक बोहोरा निर्वाचित

हिमाल प्रेस १० मंसिर २०७९ १५:२४
6
SHARES
रुपन्देही ३ मा दीपक बोहोरा निर्वाचित

बुटवल– रुपन्देही ३ मा प्रतिनिधिसभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा निर्वाचित भएका छन्। गृहमन्त्रीसमेत रहेका सत्तागठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका बालकृष्ण खाणलाई पराजित गर्दै बोहोरा संघीय संसद्‍ सदस्यमा निर्वाचित भएका हुन्।

बोहराले ३६ हजार ६ सय ४८ मत प्राप्त गरेका छन् भने खाणले ३४ हजार ६ मत पाएका छन्। उनीहरूबीच २ हजार ६ सय ४२ मतको अन्तर रहेको छ। बोहोरालाई नेकपा एमालेको समर्थन थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + fourteen =