कर्णाली प्रदेशको प्रतिनिधिसभामा एमाले शून्य

हिमाल प्रेस १० मंसिर २०७९ १३:५४
2
SHARE
कर्णाली प्रदेशको प्रतिनिधिसभामा एमाले शून्य

सुर्खेत- प्रतिनिधिसभाको १२ सिट रहेको कर्णाली प्रदेशमा एमाले शून्य बनेको छ । प्रतिनिधसभामा शून्य भए पनि प्रदेशसभातर्फ भने पाँच सिट जितिसकेको छ।

जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, रुकुम पश्चिममा माओवादी केन्द्रका जर्नादन शर्मा, सुर्खेत क्षेत्र नम्बर १ मा कांग्रेसका पूर्णबहादुर खड्का , क्षेत्र नम्बर २ मा हृदयराम थानी , दैलेख क्षेत्र नम्बर १ मा एकीकृत समाजवादी का अम्बरबहादुर थापा, क्षेत्र नम्बर २ मा कांग्रेसका दिक्पालकुमार शाही विजयी भएका छन् ।

यस्तै, सल्यानमा एकीकृत समाजवादीका प्रकाश ज्वाला, डोल्पामा समाजवादी कै धनबहादुर बुढा, जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही, कालिकोटमा माओवादीका महेन्द्रबहादुर शाही विजयी भएका छन्। मतदान जारी रहेको मुगुमा कांग्रेसका ऐनबहादुर शाही ठकुरी अन्य भन्दा अगाडी छन्। हुम्लामा माओवादी केन्द्रका छिरिङ डम्डुल लामा (भोटे) विजयी भएका छन्।

कर्णालीका १० जिल्लामा रहेका १२ सिटमा एमाले शून्य भए पनि प्रदेशसभातर्फ भने अहिलेसम्म डोल्पा (क) मा एमालेका शेरबहादुर बुढा, सुर्खेत क्षेत्र नम्बर २ को (क) मा एमालेका यमलाल कँडेल विजयी भएका छन्।

मुगु क्षेत्र नम्बर १ (क) मा एमालेका जितबहादुर मल्ल विजयी भएका छन्। दैलेख क्षेत्र नम्बर क्षेत्र नम्बर २ (ख) विनोदकुमार शाहले जिते। जुम्ला प्रदेशसभा (ख) मा एमालेका टेकराज पछाइ विजयी भएका छन् । प्रदेशसभातर्फ एमालेको अहिलेसम्म पाँच सिटमा एमाले निर्वाचित भइसकेको छ।

प्रकाशित: १० मंसिर २०७९ १३:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 3 =