मोरङ २ मा एमालेका ऋषिकेश पोखरेल निर्वाचित

हिमाल प्रेस ९ मंसिर २०७९ २०:३८
6
SHARES
मोरङ २ मा एमालेका ऋषिकेश पोखरेल निर्वाचित

मोरङ– मोरङ २ मा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल निर्वाचित भएका छन्। सत्तागठबन्धबाट नेपाली कांग्रेसकी उम्मेदवार सुजाता कोइरालालाई पराजित गर्दै पोखरेल निर्वाचित भएका हुन्।

पोखरेल ३३ हजार १ सय ४८ मत ल्याएर विजयी हुँदा कोइरालाले ३१ हजार ९ सय ४० मत प्राप्त गरिन्।

पोखरेल ०७० सालको संविधानसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए। ०७४ को प्रतिनिधिसभा निर्वाचनमा पोखरेल कांग्रेस उम्मेदवार डा. मीनेन्द्र रिजालसँग पराजित भएका थिए।

प्रकाशित: ९ मंसिर २०७९ २०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =