स्याङ्जामा एमालेका सुधीर ६ मत अन्तरले निर्वाचित

हिमाल प्रेस ९ मंसिर २०७९ १५:३१
4
SHARES
स्याङ्जामा एमालेका सुधीर ६ मत अन्तरले निर्वाचित

पोखरा– स्याङ्जामा नेकपा एमालेका उम्मेदवार मात्र ६ मत अन्तरले प्रदेशसभामा सदस्यमा निर्वाचित हुन सफल भएका छन्।

प्रदेशसभा सदस्यतर्फ स्याङ्जा १ (ख) मा एमालेका सुधीर पौडेलले ६ मतअन्तरले बाजी मारेका हुन्। शुक्रबार अन्तिम मतपरिणाममा उनले १७ हजार ४ सय ४१ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका बुद्धि राना १७ हजार ४ सय ३५ मतमा सीमित भए।

यस क्षेत्रमा तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आएको छ। राप्रपा उममेदवार शान्तिकुमारी हमालले १ हजार छ सय ७४ मत प्राप्त गरेकी छन् ।

एमाले स्याङ्जा १ (क) मा यसअघि एमालेकी सीताकुमारी सुन्दास निर्वाचित भइसकेकी छन्। प्रतिनिधिसभा सदस्यमा कांग्रेसका राजु थापा निर्वाचित भए। उनले एमालेका नारायण मरासिनीलाई पराजित गरेका हुन्।

राजुले ३१ हजार ९ सय ९९ मत ल्याउँदा मरासिनीले २८ हजार ७ सय ४४ मत ल्याए। स्याङ्जा २ मा विवादका कारण गणना सुरु हुन सकेको छैन।

प्रकाशित: ९ मंसिर २०७९ १५:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =