सुनसरी २ (क) मा द्वारिकलाल चौधरीलाई हराउँदै रेवती भण्डारी विजयी

हिमाल प्रेस ९ मंसिर २०७९ १२:०९
22
SHARES
सुनसरी २ (क) मा द्वारिकलाल चौधरीलाई हराउँदै रेवती भण्डारी विजयी

इटहरी- सुनसरीको क्षेत्र नं. २ को प्रदेशसभा (क) मा नेकपा एमालेका रेवती भण्डारी विजयी भएका छन्।

उनले इटहरीमा उपमहानगरपालिकाका पूर्व मेयर, माओवादी केन्द्रका द्वारिकलाल चौधरीलाई पराजित गर्दै भण्डारी विजयी भएका हुन्। भण्डारी नेकपा एमाले सुनसरीका अध्यक्षसमेत हुन्।

भण्डारीले १४ हजार ५२८ मत प्राप्त गर्दा चौधरीले ११ हजार ८४५ मत प्राप्त गरे। उनीहरूबीचको मतान्तर २ हजार ६८३ रहेको छ।

यस्तै, राप्रपाका मोहनबहादुर खत्रीले ९ हजार ३२२ मत प्राप्त गरे भने कांग्रेसबाट असन्तुष्ट हुँदै स्वतन्त्र उम्मेदवारी दिएका दीपेन्द्र घिमिरेले ३ हजार २०८ मत प्राप्त गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =