दश महिनामा पौने पाँच लाख पर्यटक नेपाल भित्रिए

हिमाल प्रेस १८ कार्तिक २०७९ १०:०२
दश महिनामा पौने पाँच लाख पर्यटक नेपाल भित्रिए फाइल तस्बिर।

काठमाडौँ– कोरोना महामारीका बाबजुद सन् २०२२ सुरु भएपछिको १० महिनामा नेपालमा पौने पाँच लाख पर्यटक भित्रिएका छन्।

सन् २०२२ को जनवरीदेखि अक्टुबरसम्मको अवधिमा उनीहरू घुम्नको लागि नेपाल आएका हुन्। नेपाल पर्यटन बोर्डकाअनुसार सो अवधिमा कुल ४ लाख ७३ हजार ५६३ जना पर्यटक नेपाल भित्रिएका थिए।

जनवरीमा १६ हजार ९७५, फुब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५८९ र मेमा ५३ हजार ६०८ जना पर्यटक नेपाल आएका थिए।

यस्तै जुनमा ४६ हजार ९५७, जुलाईमा ४४ हजार ४६२, अगष्टमा ४१ हजार ३०४, सेप्टेम्बरमा ५८ हजार ३१४ र अक्टुबरमा ८८ हजार ५८२ जना पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ।

बोर्डका अनुसार पछिल्लो १० महिनामा नेपालमा प्रत्येक महिना औषतमा ४७ हजार ३५३ जना पर्यृटक आएका छन्।

प्रकाशित: १८ कार्तिक २०७९ १०:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 7 =