बैतडीमा एमालेका दामोदर भण्डारी विजयी

हिमाल प्रेस ८ मंसिर २०७९ २१:४०
8
SHARES
बैतडीमा एमालेका दामोदर भण्डारी विजयी

धनगढी– नेकपा एमाले सुदूूरपश्चिमका अध्यक्ष तथा पूर्वराज्यमन्त्री दामोदर भण्डारी बैतडीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। सत्तागठबन्धका उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुवँरलाई पराजित गर्दै भण्डारी  विजयी भएका हुन्।

३३ हजार ६११ मतसहित भण्डारी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्दी कुँवरले ३२ हजार ८० मत पाएका छन्। उनले कुँवरलाई १ हजार ५३१ मतले पराजीत गरे। यो सँगै भण्डारीलाई बैतडीका मतदाताले लगातार तेश्रो पटक अनुमोदन गरेका छन्। यसअघि भण्डारी ०७० सालको दोश्रो संविधानसभा निर्वाचन र ०७४ सालको निर्वाचनमा उनी विजयी भएका थिए।

प्रकाशित: ८ मंसिर २०७९ २१:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =