देउवाको गृहजिल्लामा स्वतन्त्र उम्मेदवारको जित

हिमाल प्रेस ८ मंसिर २०७९ १३:१८
12
SHARES
देउवाको गृहजिल्लामा स्वतन्त्र उम्मेदवारको जित

डडेल्धुरा- डडेल्धुरा प्रदेशसभा-२ मा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी विजयी भएका छन्। उनले ११ हजार १ सय ७० मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचन भएका हुन्।

उनका प्रतिस्पर्धी वाम–लोकतान्त्रिक गठबन्धन नेपाली कांग्रेसका उम्मेदवार गोविन्दराज बोहरालाई ४८० मतले पराजित गरेका हुन्। उनका निकटतम् प्रतिस्पर्धी बोहराले १० हजार ६ सय ९० मत पाए।

२०७४ सालको निर्वाचनमा यहाँ नेपाली कांग्रेसका कर्णबहादुर मल्ल विजयी भएका थिए। वाम गठबन्धनका तत्कालीन उम्मेदवार ताराप्रसाद जोशीलाई ३५८ मतले पछि पार्दै विजयी भएका थिए। मल्लले १३ हजार ४ सय १३ मत प्राप्त गर्दा जोशीले १३ हजार ५५ मत पाएका थिए।

प्रकाशित: ८ मंसिर २०७९ १३:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 12 =