रुपन्देही २ (क) मा एमालेका गिरी विजयी

हिमाल प्रेस ८ मंसिर २०७९ १०:११
4
SHARES
रुपन्देही २ (क) मा एमालेका गिरी विजयी

रुपन्देही- रुपन्देहीको क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा नेकपा (एमाले) का लीला गिरी निर्वाचित भएकी छन्।

एमाले पोलिटब्युरो सदस्य गिरी प्रदेशका पूर्वमन्त्रीसमेत हुन्। गिरीले १७ हजार ६ सय ३२ मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसी (कुमार) ले १४ हजार ९ सय ९८ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत उद्विर नेपालीले जानकारी दिए।

यो क्षेत्रमा ४१ हजार ७३ मत खसेको थियो। क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा एमालेका उम्मेदवार भोजप्रसाद श्रेष्ठ अगाडि छन्।

प्रकाशित: ८ मंसिर २०७९ १०:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 3 =