दोब्बरभन्दा बढी मत ल्याएर प्रचण्ड विजयी

हिमाल प्रेस ८ मंसिर २०७९ ८:२८
10
SHARES
दोब्बरभन्दा बढी मत ल्याएर प्रचण्ड विजयी

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा गोरखा क्षेत्र नम्बर २ बाट विजयी भएका छन्। २६ हजार १ सय ३ मतसहित प्रचण्ड विजयी बनेका हुन्। उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत पाए। एमालेका अब्दुस मिँयाले भने ७ हजार ३ सय ९३ मत प्राप्त गरे।

गोरखा २ मा ५४ हजार ३१ मत खसेकामा ५० हजार ९ सय ७ सदर भएको थियो । प्रचण्ड चौथो पटक सांसद बनेका हुन्।
०६४ मा रोल्पा र काठमाडौँ १० बाट विजयी भएका उनी ०७० मा सिराहा ५ बाट विजयी भएका थिए। ०७४ मा चितवनबाट निर्वाचित भएका प्रचण्ड यसपटक गोरखा २ बाट विजयी भएका हुन्।

प्रकाशित: ८ मंसिर २०७९ ८:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =