झापा २ (क) मा कार्की र ३ (क) मा राजवंशी निर्वाचित

हिमाल प्रेस ७ मंसिर २०७९ १५:४२
8
SHARES
झापा २ (क) मा कार्की र ३ (क) मा राजवंशी निर्वाचित निर्वाचित कार्की र राजवंशी।

बिर्तामोड– प्रदेशसभा निर्वाचनअन्तर्गत झापा २ को प्रदेशसभा (क) को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। प्राप्त मत परिणामअनुसार झापा २ (क) मा नेकपा एमालेका एकराज कार्कीले १८ हजार सात सय ३१ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत केशव पन्तले जानकारी दिए।

विजयी कार्कीका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका पुष्पराज पोखरेलले ६ हजार १ सय एक मत प्राप्त गरेका छन्। कार्की र पोखरेलको मतान्तर १२ हजार ६ सय ५१ मत रहेको छ।

झापा २ (क) मा ३८ हजार पाँच सय ४८ मत खसेको थियो। जसमा ३ हजार तीन सय ३० मत बदर भएको निर्वाचन अधिकृत पन्तले जानकारी दिए। कार्कीले जीतसँगै दोस्रो पटकको प्रदेशसभाको यात्रा तय गरेका उनी ०७४ सालको संसदीय निर्वाचनमा समेत झापा २ को प्रदेशसभा १ बाट विजयी भएका थिए।

यस्तै झापा ३ (क) मा नेपाली कांग्रेसका भूमि राजवंशी विजयी भएका छन्। राजवंशीले २० हजार सात सय ७० मत प्राप्त गरि विजयी भएको निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका वसन्त बानियाँले १९ हजार ७ सय १ मत प्राप्त गरेका छन्। झापा ३ को (क) मा ४५ हजार दुई सय ९५ मत खसेको थियो।

प्रकाशित: ७ मंसिर २०७९ १५:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − three =