गण्डकीमा प्रदेशसभामा १५ को नतिजा : कांग्रेसलाई १० सिट, माओवादीको एक

हिमाल प्रेस ७ मंसिर २०७९ १३:४२
8
SHARES
गण्डकीमा प्रदेशसभामा १५ को नतिजा : कांग्रेसलाई १० सिट, माओवादीको एक

पोखरा- मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा गण्डकी प्रदेशसभामा हालसम्म सार्वजनिक १५ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाममा कांग्रेसले १० सिट जितेको छ। यस्तै, नेकपा एमालेले ३ सिट जितेर दोस्रो स्थानमा छ।

पाँचदलीय गठबन्धनको अर्को दल माओवादी केन्द्रले १ र स्वतन्त्रले १ सिट जितेका छन्। कांग्रेसले बागलुङ जिल्लाका ४ वटै निर्वाचन क्षेत्र, मुस्ताङका दुईवटै निर्वाचन क्षेत्र, गोरखाका २, तनहुँ र मनाङका १-१ क्षेत्रमा चुनाव जितेको छ। एमालेले कास्कीमा २ र तनहुँमा १ क्षेत्र जितेको छ। माओवादीले म्याग्दी र स्वतन्त्रले मनाङमा चुनाव जितेका छन्।

गोरखा क्षेत्र नम्बर १ (ख) मा कांग्रेसका नन्दप्रसाद न्यौपाने, २ (ख) मा सुरेन्द्रराज पाण्डे विजयी भए। बागलुङ १ (क) मा दीपेन्द्रबहादुर थापा, १ (ख) मा डिल्लीराम सुवेदी, २ (क) मा जित शेरचन र २ (ख) मा दोर्णकुमार कुँवर निर्वाचित भएका छन्।

हिमालपारिका जिल्लाहरु मुस्ताङ (क) मा नम्डु गुरुङ, (ख) मा विकल शेरचन तथा मनाङ (क) मा मुनिन्द्रजंग गुरुङ र (ख) मा राजीव गुरुङ उर्फ दीपक मनाङे सर्वसम्मत भइसकेका छन्। तनहुँ २ (ख) मा कांग्रेसकै जीतप्रकाश आले निर्वाचित भए।

कास्की क्षेत्र १ (२) मा एमालेका वेदबहादुर गुरुङ श्याम, कास्की २ (ख) मा एमालेका भीम कार्कीले चुनाव जितेका छन् भने तनहुँ २ (क)बाट एमालेकै श्यामराजा महत निर्वाचित भए।
एकमात्र सिट जितेको माओवादी केन्द्रको तर्फबाट रेशम जुग्जाली म्याग्दी (ख) बाट निर्वाचित भए। गण्डकीमा पाँचदलीय गठबन्धनका उम्मेदवार विरुद्ध एमालेले कडा टक्कर दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =