‘बाबरी’को चौथो गीत ‘अलि वर सर न’ सार्वजनिक

हिमाल प्रेस ७ मंसिर २०७९ ११:४९
6
SHARES

काठमाडौँ- फिल्म ‘बाबरी’को चौथो गीत ‘अलि वर सर न’ सार्वजनिक भएको छ। असोज १४ मा प्रदर्शनमा आएको फिल्मका अहिलेसम्म ‘बाबरी रङ’, ‘चुलबुल चुलबुल’, ‘मायाका रङहरू’ गरी तीनवटा गीत रिलिज भएका थिए।

धीरज मगर, अदिती बुढाथोकी, धीरज नाडकर मुख्य भूमिकामा रहेको फिल्मका तीनै गीतलाई दर्शकले खूब रुचाएका थिए। फिल्म प्रदर्शनमा आएको दुई महिनापछि चौथो गीत रिलिज भएको छ।

अभिनेत्री अदितीले ‘अलि वर सर न’ लाई आफ्नो मन पर्ने गीत बताएकी छन्। ‘मलाई एकदमै मन पर्ने गीत,’ उनले सामाजिक सञ्जालमा गीत सेयर गर्दै क्याप्सन लेखेकी छन्।

कालीप्रसाद बास्कोटाको शब्द, संगीत र स्वर रहेको गीतमा धीरज मगर, अदिती बुढाथोकीसँगै धीरज नाडकर फिचर्ड छन्।

प्रकाशित: ७ मंसिर २०७९ ११:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 8 =