सुर्खेत क्षेत्र २ मा कांग्रेसका हृदयराम थानी विजयी

हिमाल प्रेस ७ मंसिर २०७९ ९:११
2
SHARE
सुर्खेत क्षेत्र २ मा कांग्रेसका हृदयराम थानी विजयी

सुर्खेत- सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका हृदयराम थानी विजयी भएका छन्। सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका हृदयराम थानी विजयी भएकी हुन्। कुल खसेको ७६ हजार ३५२ मतमध्ये थानीले ३४ हजार ६ सय २५ मत ल्याएर विजयी भएका हुन्।

थानीले नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार वीसीलाई ५ हजार ६७ मतान्तरले पराजित गरेका छन्। एमाले नेता वीसीले २९ हजार ५५८ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले ४ हजार ६ सय १ मत प्राप्त गर्दा राप्रपाले दुई हजार ६ सय ३२ मत प्राप्त गरेको छ। थानीले योसँगै तीन पटक संसदीय निर्वाचन जितेका छन्।

थानी यसअघि ०५६ र ०७० सालका यही क्षेत्रबाट निर्वाचित भएका हुन्। उनी सहकारी तथा गरिवी निवारण मन्त्री समेत भइसकेका छन्।

प्रकाशित: ७ मंसिर २०७९ ९:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fourteen =