मोरङ ५ को (क) मा कांग्रेसका मण्डल विजयी

हिमाल प्रेस ७ मंसिर २०७९ ७:४१
2
SHARE
मोरङ ५ को (क) मा कांग्रेसका मण्डल विजयी

इटहरी- मोरङको क्षेत्र नम्बर ५ को प्रदेशसभा (क) मा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका गयानन्द मण्डल निर्वाचित भएका छन्। १४ हजार ८ सय ४३ मतसहित कांग्रेसका नेता मण्डल विजयी भएका हुन्। मण्डलले नेकपा एमालेका उम्मेदवार सन्तोषकुमार साहलाई ५ हजार ४ सय ३८ मतान्तरले पराजित गरेका हुन्।

क्षेत्र नम्बर ५ को १ मा जनमत पार्टीका उम्मेदवार अनिलकुमार झाले २ हजार ८ सय २७ मत पाए। राप्रपाकी उम्मेदवार सोनलकुमारी साहले १ हजार ९ सय २१ पाइन्। क्षेत्र नम्बर ५ को (क) मा ३५ हजार ३ सय ८ मत खसेको थियो।

प्रकाशित: ७ मंसिर २०७९ ७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 4 =