कास्कीका तीनै क्षेत्रमा एमालेको अग्रता

विजय नेपाल ६ मंसिर २०७९ २२:१२
18
SHARES
कास्कीका तीनै क्षेत्रमा एमालेको अग्रता मानबहादुर गुरुङ, विद्या भट्टराई र दामोदर बैरागी

पोखरा- कास्कीमा प्रतिनिधिसभा सदस्यतर्फ तीनवटै क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ। साथै जिल्लाको प्रदेशसभातर्फ ३ क्षेत्रको जारी गणनामा समेत एमाले अगाडि छ।

क्षेत्र नम्बर २ र ३ को प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुआती अग्रता लिएकोमा उसलाई पछि पार्दै एमालेले विरासत जोगाउन अग्रता थालेको हो।

कास्की १ मा एमालेका मनबहादुर गुरुङले नेपाली कांग्रेसका किशोरदत्त बराललाई झण्डै १ हजार मतान्तरले पछि पारेका छन्। मंगलबार राति ९ बजेसम्मको मतपरिणाममा उनले ५ हजार ८ सय ६ मत प्राप्त गर्दा बरालले ५ हजार ५२ मत पाएका छन्। कास्की १(ख) मा एमालेकै वेदबहादुर गुरुङले फराकिलो मतान्तर कायम गरेका छन्। उनले ६ हजार ११ मत प्राप्त गर्दा कांग्रेसका दीपक गुरुङ (माइला)ले ५ हजार ३ सय ७५ मत प्राप्त गरेका छन्।

कास्की २ प्रतिनिधिसभा सदस्यतर्फ एमालेकी विद्या भट्टराईले घण्टीलाई उछिनेर अघि बढेकी छन्। सुरुआती गणनामा पछि परेकी उनले मंगलबार रातिसम्मको गणनामा ५ हजार ५ सय ८८ मत प्राप्त गरेकी छन्। रास्वपाका माधवप्रसाद कँडेलले ५ हजार १ सय ९४ मत पाएका छ। पाँचदलीय गठबन्धनका साझा उम्मेदवार श्रीनाथ बरालले २ हजार ९ सय ५४ ल्याएका छन्।

कास्की २ प्रदेशसभा (क) मा पनि एमाले अगाडि छ। एमालेका भीम कार्कीले ६ हजार ३ सय ९७ मत प्राप्त गर्दा उनलाई राप्रपाका विजयबहादुर भण्डारीले पछ्याएका छन्। सुरुआती गणनामा विजय अगाडि थिए। विजयले ५ हजार ५२ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा पाँचदलीय गठबन्धनका साझा उम्मेदवार विश्वप्रकाश लामिछानेले ३ हजार १ सय ९६ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नवीन पौडेलले जानकारी दिए।

कास्की क्षेत्र ३ प्रतिनिधिसभा सदस्यतर्फ एमालेका दामोदर बैरागी पौडेलले ६ हजार ८ सय ३९ मत प्राप्त गरेका छन्। उनले रास्वपाका योगराज कँडेललाई ८ सय बढी मतान्तरले पछि पारेका छन्। कँडेलले ५ हजार ५ सय ७० मत ल्याएका छन्। पाँचदलीय गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका रामजीप्रसाद बराल जीवनले ४ हजार ८ सय ३८ मत ल्याएका छन्।

सोही क्षेत्रको प्रदेशसभा (क) मा एमालेले गणेश गुरुङले अग्रता कायम गरेका छन्। उनले ८ हजार ७ सय ४६ मत प्राप्त गर्दा माओवादी केन्द्रका दुर्गादत्त भण्डारीले ५ हजार ३ सय ९९ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेको राप्रपाका केदारनाथ पौडेल छन्।

प्रदेशसभातर्फ कास्की क्षेत्र १ (१), क्षेत्र २(२) र क्षेत्र ३(२) को मतगणना सुरु भइसकेको छैन। प्रदेशसभातर्फका क्षेत्रको जारी मतगणना सकेपछिमात्र बाँकीको सुरु गर्ने जनाइएको छ।

प्रकाशित: ६ मंसिर २०७९ २२:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =