‘टिटेन फिल्म फेस्टिभल’मा ऋचा उत्कृष्ट अभिनेत्री

हिमाल प्रेस ६ मंसिर २०७९ १५:४४

काठमाडौँ- ऋचा शर्माले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन्। उनले ‘टिटेन फिल्म फेस्टिभल’मा ‘बेस्ट एक्ट्रेस’को अवार्ड हात पारेकी हुन्।

ऋचाले सर्ट फिल्म ‘ब्लड मनी’का लागि उनले सो अवार्ड जितेकी हुन्। अवार्ड समारोह अस्ट्रेलिया, सिडनीको प्यालेस सिनेमा चाउवेलमा डिसेम्बर १७ मा हुनेछ।

अशोक तिमिल्सिनाको निर्देशनमा बनेको सर्ट फिल्ममा ऋचासँगै मिथिला शर्मा, पारस तिमिल्सिना, सौरभ पौडेललगायत कलाकार रहेका छन्।

फिल्ममा ऋचा खाडीमा अपराधमा कसुरमा जेल सजाय भोग्न बाध्य नेपालीको श्रीमतीको भूमिकामा छिन्। अशोकले उनको पतिको भूमिका निर्वाह गरेका छन् । फिल्ममा लेखन पनि अशोककै रहेको छ।

 

प्रकाशित: ६ मंसिर २०७९ १५:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast