कास्की-२ मा एमालेकी विद्यालाई पछि पार्दै घन्टी अगाडि

हिमाल प्रेस ६ मंसिर २०७९ १४:१०
26
SHARES
कास्की-२ मा एमालेकी विद्यालाई पछि पार्दै घन्टी अगाडि

पोखरा- कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले निकटतम् प्रतिद्धन्द्धीसँग १ सय ४९ मतान्तरले अग्रता कायमै राखेको छ। रास्वपाका माधवप्रसाद कँडेलले ३ हजार ५ सय ४७ मत ल्याउँदा एमालेकी विद्या भट्टराईले ३ सय ३ सय ९८ मत प्राप्त गरेकी छन्।

पाँचदलीय गठबन्धनबाट एकीकृत समाजवादीका श्रीनाथ बरालले १ हजार ९ सय ७४ मत ल्याएर तेस्रो स्थानमा रहेको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नवीन पौडेलले जानकारी दिए। हालसम्म ११ हजार ८ सय ५३ मत गणना भइसकेको छ।

आइतबारको निर्वाचनमा कास्कीमा ६१ प्रतिशत मत खसेको थियो।

प्रकाशित: ६ मंसिर २०७९ १४:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 6 =