बाग्लुङ १ मा चित्रबहादुर केसीको अग्रता, पछिपछि सूर्य पाठक

हिमाल प्रेस ६ मंसिर २०७९ ९:०८
12
SHARES
बाग्लुङ १ मा चित्रबहादुर केसीको अग्रता, पछिपछि सूर्य पाठक

बागलुङ- बागलुङ जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना जारी छ। बागलुङमा मंगलबार बिहानसम्म क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अग्रता लिएका छन् ।

कुल खसेको ५१ हजार ६ सय ६६ मतमध्ये ६ हजार ५ सय ६८ मत गणना गरिएको छ । जसअनुसार गठबन्धन तर्फबाट राष्ट्रिय जनमोर्चाका चित्र बहादुर केसीले एमालेका उम्मेदवार सुर्य पाठकलाई ३ सय २३ मतान्तरले अग्रता लिएका छन्।

केसीले २ हजार ५ सय १६ मत प्राप्त गरेका छन्भने पाठकले २ हजार १ सय ९३ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कंडेलले १ हजार ४ सय ४४ मत प्राप्त गरेका छन् ।

प्रकाशित: ६ मंसिर २०७९ ९:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + seventeen =