कास्की १ मा एमालेले अग्रता कायम गर्दा २ र ३ मा घण्टी अगाडि

हिमाल प्रेस ६ मंसिर २०७९ ८:२६
4
SHARES
कास्की १ मा एमालेले अग्रता कायम गर्दा २ र ३ मा घण्टी अगाडि

पोखरा- कास्की क्षेत्र १ प्रतिनिधिसभामा नेकपा एमालेका मनबहादुुर गुरुङले ८ सय मतान्तरको अग्रता कायम गरेका छन् ।

६ हजार ७ सय मतगणनामा उनले ३ हजार ४ सय १२ मत प्राप्त गर्दा नेकपा कांग्रेसका किशोरदत्त बरालले २ हजार ६ सय २४ मत प्राप्त गरेका छन् । क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले २ सय २९ पाएका छन् ।

क्षेत्र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलको सुरुआतदेखिकै अग्रता कायमै छ । हालसम्म ८ हजार मतगणनामा उनले २४ सय ३१ मत प्राप्त गर्दा एमालेकी विद्या भट्टराईले २२ सय ५७ र एकीकृत समाजवादीका श्रीनाथ बरालले १४ सय ३ मत पाएका छन् ।

कास्की ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले अग्रता कायमै राखेका छन् । उनले ३३ सय ६ मत प्राप्त गर्दा एमालेका दामोदर बैरागीले २९ सय ५१ र माओवादी केन्द्रका रामजी बरालले १८ सय ७८ मत प्राप्त गरेका छन् ।

प्रकाशित: ६ मंसिर २०७९ ८:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + fourteen =