काठमाडौँ ४ मा कांग्रेसका गगन २१३६ मतले अगाडि

हिमाल प्रेस ५ मंसिर २०७९ २१:३२
1.1k
SHARES
काठमाडौँ ४ मा कांग्रेसका गगन २१३६ मतले अगाडि

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ क्षेत्र नम्बर ४ मा नेपाली काग्रेसका गगनकुमार थापाले दुई हजार १३६ मतले अग्रता हासिल गरेका छन्।

१९ हजार ५८ मत गणना गर्दा थापाले ८ हजार ७८५ मत ल्याएका छन् भने एमालेका डा. राजन भट्टराईले ६ हजार ६४९ मतसहित पछ्याइरहेका छन्।

उक्त क्षेत्रमा ४५ हजार ५०२ मत खसेको छ। अहिलेसम्म बूढानीलकण्ठ नगपालिका वडा नम्बर १, २, ८, ९, १० र ११ को मत गणना सकिएको छ।

अब बूनपा १२, १३ तथा काठमाडौँ महानगरपालिकाका वडा नम्बर १, ७, ८ र ३० को मत गणना गर्न बाँकी छ।

प्रकाशित: ५ मंसिर २०७९ २१:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − twelve =