सुनसरी-२ मा विवाद, मतगणना सुरु हुन सकेन

हिमाल प्रेस ५ मंसिर २०७९ १५:३०
6
SHARES
सुनसरी-२ मा विवाद, मतगणना सुरु हुन सकेन

इटहरी- सुनसरी क्षेत्र नं. २ मा विवाद उत्पन्न भएपछि मतगणना अझैसम्म भएको छैन। सुनसरी क्षेत्र नं. २ ‘क’ को महेन्द्र मावि मतदान केन्द्रको ‘ङ’ बुथबाट प्रदेशको मतपत्र दिनुपर्ने ठाउँमा प्रतिनिधिसभाको दिएको पाइएपछि मतगणना रोकिएको हो।

प्रदेशको मतपत्र दिनुपर्ने ठाउँमा प्रतिनिधिसभामाको मतपत्र दिएपछि विवाद उत्पन्न भएको थियो। सर्वदलीय बैठक नै स्थगित भएपछि मतगणना भएको छैन। सुनसरी २ (क) बाट स्वतन्त्र उम्मेदवार दिएका दीपेन्द्र घिमिरेका अनुसार प्रदेशको मतपत्र दिनुपर्ने ठाउँमा प्रतिनिधिसभाको दिएपछि विवाद भएको हो।

उनले भने, ‘गल्ती हुँदा ८/१० वटा हुन्छ तर, ८५ वटा गल्ती हुनु त नियोजित हो।’ यता निर्वाचन अधिकृत एकराज अधिकारीले आँफूहरूले माथि पठाएको र निर्देशन पर्खिराखेको प्रतिक्रिया दिए। यता सुनसरी क्षेत्र नं. ४ को मतगणना भने सुरु भएको छ ।

इनरुवास्थित भगवती माविमा अहिले ३:३० बजेदेखि मतगणना सुरु भएको हो। दिउँसो १ बजेबाट मतगणना गर्ने भनिएपनि प्राविधिक कारणले ढिलो भएको बताइएको छ। जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार सुनसरी ४ को भगवती माविमा मतगणना भएको हो । आज बिहान सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिएको हो।

यो क्षेत्रमा १ लाख २८ हजार ६५ मतदातामध्ये ६४ प्रतिशत मत खसेको छ। सीसी क्यामेराको निगरानीमा दलहरूका प्रतिनिधिसहित मतगणना सुरु भएको हो। यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीश कुसियतबीच मुख्य प्रतिस्पर्धा छ । प्रदेशसभातर्फ सुनसरी ४ (क) को प्रत्यक्ष र समानुपातिकको मतगणना पनि सुरु गरिएको छ।

प्रकाशित: ५ मंसिर २०७९ १५:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =