महन्थ ठाकुरको क्षेत्रमा ३ बजेदेखि मतगणना

हिमाल प्रेस ५ मंसिर २०७९ १४:०६
4
SHARES
महन्थ ठाकुरको क्षेत्रमा ३ बजेदेखि मतगणना

महोत्तरी- लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा)का अध्यक्ष महन्थ ठाकुर उम्मेदवार रहेको निर्वाचन क्षेत्रमा आज दिउँसो ३ बजेदेखि मतगणना सुरु हुने भएको छ । महोत्तरी जिल्लाको क्षेत्र नं ३ बाट चुनाव लडेका लोसपा अध्यक्ष ठाकुरको उक्त क्षेत्रमा ३ बजेदेखि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बताए।

उनका अनुसार गएराति अबेर मतपेटिका आएको र अहिलेसम्म मतपेटिका तथा मतपत्र रुजु हुने काम भइरहेको छ । अहिले सर्वदलीय बैठक पनि बस्न बाँकी रहेकाले दिउँसो ३ बजेदेखि यहाँको मतगणना सुरु गरिने भएको हो ।

यस क्षेत्रमा जम्मा ९९ हजार नौ सय ३० मतदाता रहेकामा यस पटकको निर्वाचनमा ५९ प्रतिशत३४ मत खसेको छ ।

प्रकाशित: ५ मंसिर २०७९ १४:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =