विश्वकपको मञ्‍चमा उक्लनसाथ बजारिएको कतार

हिमाल प्रेस ५ मंसिर २०७९ १०:५०
10
SHARES
विश्वकपको मञ्‍चमा उक्लनसाथ बजारिएको कतार

कठिन ट्राफिक जाम छिचोल्दै अल बेट रंगशालामा पुगेका समर्थकका काँध राष्ट्रिय झण्डाले बेरिएका थिए। राष्ट्रिय टिमका जर्सी लगाएका ती समर्थकका मुहार फरक फरक रंगले पोतिएका थिए। विश्वकपको पहिलो दिनको यो दृश्यको सन्देश थियो, विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको रौनक सुरु भएको छ।

अल बेट पुग्नेमा कतारी वा एक्वाडोरियन मात्र थिएनन्। दक्षिण अमेरिकाकै उरुग्वे र ब्राजिल, मध्य अमेरिकाको मेक्सिको, अफ्रिकाको घाना, सबैतिरका समर्थक त्यहाँ थिए। साँच्चै भन्दा अल बेट अन्तर्राष्ट्रिय मञ्चमा परिणत भएको थियो।

विश्वभरका फुटबल समर्थकले यो दिनको प्रतीक्षा गरेका थिए। कतारी सरकारले यो माहोल सिर्जना गर्न कति पैसा खर्च गर्यो‍ यसको हिसाब किताब दुई खर्ब अमेरिकी डलर भन्दा बढी निस्किएको छ। १२ वर्षअघि विश्वकप आयोजना अधिकार पाएपछि कतारले मन खोलेर खर्च गर्यो‍। यसरी खर्च गर्दा कतारले रंगशालामा मात्र होइन, सिंगो सहर र त्यहाँ आवश्यक यातायात व्यवस्था नै खडा गरेको छ।

जतन गरेर राखेको राष्ट्रिय ढुकुटीबाट यत्तिकोविधि खर्च खाडीको यो सानो देशले किन गर्यो‍? किनभने उसलाई विश्वमाझ देखाउनुछ आफ्नो आर्थिक क्षमता, ठूला प्रतियोगिता गर्ने खुबी।

उद्घाटन समारोहमा हलिउडका मोर्गान फ्रिम्यान देखिए। उनका केही वाक्य युरोप र उत्तर अमेरिकातिर लक्षित थिए। जो कतारको दिनरात आलोचना गरिरहेका छन्। त्यसपछि पालो आयो दक्षिण कोरियाली गायक जङ कुकको। अल बेटमा उपस्थिति ६० हजार मान्छेमध्ये सबैभन्दा लोकप्रिय उनी नै थिए।

एकैछिन कतारका राज्य प्रमुखले मन्तव्य राखे। ‘हरेक जाति, धर्म र संस्कृति भएका मानिसलाई कतार स्वागत गर्न चाहन्छ,’ उनको भनाइ थियो। यी सबै औपचारिकतापछि साँच्चैको विश्वकप सुरु भयो।

विश्वकप आफैँले आयोजना गर्ने भएपछि कतारको ध्यान टिम निर्माणतर्फ पनि हुने नै भयो। टिम निर्माण विश्वकप आयोजना तयारी जस्तै खर्चिलो बन्यो। कतारसँग पहिलाबाटै अभ्यासका लागि आधुनिक पूर्वाधार थिए। ‘प्रि सिजन’ वा अरुबेला, युरोपका ठूला ठूला टिमले कतार यी पूर्वाधारको प्रयोग गर्ने गरेका छन्। विश्वकपको निहुँमा यी सबै पूर्वाधारलाई अझ आधुनिक बनाइयो।

अफ्रिकाभरी एकेडेमी सञ्चालना गर्ने, नयाँ प्रतिभाको पहिचान गर्ने काम कतारले गरेको छ। कुनैबेला कतारले युरोपका विभिन्न क्लबलाई पैसा तिरेर आफ्नो ‘एकेडेमी सिस्टम’ बाट आएका खेलाडीलाई खेलाउन लगाउँथ्यो। ताकि ती खेलाडीले कठिन युरोपियन लिग र त्यहाँ हुने प्रतिस्पर्धाको स्वाद चाखुन्।

कतारको खर्च यतिमै सीमित छैन। अफ्रिकाभरी एकेडेमी सञ्चालना गर्ने, नयाँ प्रतिभाको पहिचान गर्ने काम कतारले गरेको छ। कुनैबेला कतारले युरोपका विभिन्न क्लबलाई पैसा तिरेर आफ्नो ‘एकेडेमी सिस्टम’ बाट आएका खेलाडीलाई खेलाउन लगाउँथ्यो। ताकि ती खेलाडीले कठिन युरोपियन लिग र त्यहाँ हुने प्रतिस्पर्धाको स्वाद चाखुन्। कतारले विश्वप्रसिद्ध एकेडेमीबाट प्रशिक्षकहरू आफ्नो देश लगेको छ। आफ्ना एकेडेमीका किशोरहरूलाई फुटबल सिकाउन।

कतारले यो सबै गरेको यही क्षणका लागि हो। यही विश्वकपका लागि, यही खेलका लागि हो। कतारले लामो समय मेहनत गरेको मुख्य कारण फुटबल खेलको प्रकृति हो, जटिलता हो। कतारले हात हालेको सबै क्षेत्रमा सफलता हासिल गरेको छ। त्यो पनि छोटो समयमा। तर उसलाई के थाहा थियो, थाहा छ भने फुटबलमा ‘सर्टकट’ सम्भव छैन।

आइतबारको नतिजाले कतारलाई फेरि एकपटक एउटा तथ्य सम्झाइदिएको छ, फुटबलमा युरोप र दक्षिण अमेरिकालाई भेट्न सजिलो छैन।

अब केही वर्षअघिको समयमा फर्किऊ। स्पेनका फिलिक्स सान्चेज सन् २०१७ मा कतारको मुख्य प्रशिक्षक बने। दुई वर्षपछि उसलाई एसियाली च्याम्पियन बनाए।

यसबीचमा कतारी खेलाडीले एक्वाडर जत्तिकै बलिया टिमसँग धेरै खेल खल्न पाए। जे जस्तो नतिजा निस्कियो, त्यसले उनीहरुको आलोचना भएन। बरु देशभर प्रशंसा भयो। कतारबाहिर पनि यस्तो सोच्न थालिएको थियो, कतारले साँच्चै बलियो टिम बनाउँदैछ।

कतारले त्यतिबेलासम्म कठिन परीक्षाको सामना गर्नु परेको थिएन, जतिबेलासम्म उसले विश्वकपको उद्घाटन खेल्नु परेको थिएन। अन्ततः आफ्नो इतिहासकै पहिलो विश्वकप खेलमा उत्रनु परेपछि कतार झसक्क भयो। यस्तो लाग्थ्यो कतारी खेलाडी अचम्ममा परिरहेका छन्, विश्वभरबाट आएका ६० हजार दर्शकले घेरिँदा।

खेलमा पछि परेपछि कतारले जसरी प्रतिक्रिया जनाउनु पर्थ्याे, त्यसो गर्न सकेन। अल बेटमा उपस्थित कतारी समर्थक शान्त रहे। बरु एक्वाडरका केही सय समर्थकले रंगशाला उचाल्नेगरी हुटिङ गर्ने जिम्मेवारी लिए। एक्वाडोरियनले आफ्नो टिमको समर्थनमा गीत गाइरहे। लगभग सबै समर्थक राष्ट्रिय जर्सीमा थिए।

कतारले तीन मिनेट नपुग्दै पहिलो गोल खायो। एक्वेडरका कप्तान इन्नर भ्यालेन्सियाको त्यो गोलले कतारी खेलाडी र समर्थक तर्सिए। एकैछिनपछि भीएआरले त्यो गोलको मान्यता खोस्यो। तर १३ मिनेटपछि भ्यालेन्सियाले फेरि गोल गरे। करियरको उत्तरार्ध टर्कीमा बिताइरहेका यी पाका स्ट्राइकरले पेनाल्टीमा सहजै गोल गरेका थिए। अनि ३१ औँ मिनेटमा उनैले अग्रता दोब्बर बनाए। जुन खेलको अन्तिम घडीसम्म कायम रह्यो।

खेलमा पछि परेपछि कतारले जसरी प्रतिक्रिया जनाउनु पर्थ्याे, त्यसो गर्न सकेन। अल बेटमा उपस्थित कतारी समर्थक शान्त रहे। बरु एक्वाडरका केही सय समर्थकले रंगशाला उचाल्नेगरी हुटिङ गर्ने जिम्मेवारी लिए। एक्वाडोरियनले आफ्नो टिमको समर्थनमा गीत गाइरहे। लगभग सबै समर्थक राष्ट्रिय जर्सीमा थिए।

रंगशालामा विस्तारै भिड कम हुँदै गयो। दोस्रो हाफमा हजारौँ सिट खाली देखिन्थे। दोस्रो हाफमा एक्वाडरले पकड जमाइरहेपछि रंगशाला अझ खाली हुँदै गयो। रंगशालाबाहिर जम्मा भएका कतारी घर फर्कने तयारीमा थिए। यस्तो लाग्थ्यो उनीहरू अल बेट, वरपरको सुनसान मरुभूमि, जबरजस्ती हुर्काइएका दुबो, अलकत्राले छोपिएको ठूलो क्षेत्रबाट चहकमहक भएको आफ्नो सहर फिर्ने हतारमा छन्।

न्युयोर्क टाइम्सबाट

प्रकाशित: ५ मंसिर २०७९ १०:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =