कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

हिमाल प्रेस ५ मंसिर २०७९ ८:४३
6
SHARES
कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

पोखरा– कास्की क्षेत्र २ को सुरुआती मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता कायम गरेको छ ।
पोखरा सभागृहमा जारी प्रारम्भिक मतपरिणामअन्तर्गत हालसम्म करिब ४ सय मत गन्दा रास्वका उम्मेदवार माधवप्रसाद कँडेलले १२३ प्राप्त गरेका छन्।
एमालेकी विद्या भट्टराईले १ सय, नेकपा समाजवादी पार्टीका श्रीनाथ बरालले ८२, राप्रपाका सुवर्णराज पन्तले ६८ मत प्राप्त गरेका छन्।
कास्की क तर्फ प्रदेशसभा सदस्यमा राप्रपा अगाडि छ। उम्मेदवार विजयबाबु भण्डारीले ५ सय ४१ गणनामा १ सय ९९ मत प्राप्त गरेका छन्।
एमालेका भीम कार्कीले १४५, माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले १०५ प्राप्त गरेका छन् ।
कास्कीमा कुल ३ ओटा क्षेत्र मध्ये क्षेत्र १ र ३ को गणना सुरु भएको छैन। सर्वदलीय बैठकपछि मात्र गणना प्रारम्भ हुने निर्वाचन अधिकृतले जनाएका छन्।

प्रकाशित: ५ मंसिर २०७९ ८:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 2 =