भक्तपुर २ मा एमालेका महेश बस्नेत ६ सय मतले पछाडि

हिमाल प्रेस ५ मंसिर २०७९ ८:०३
12
SHARES
भक्तपुर २ मा एमालेका महेश बस्नेत ६ सय मतले पछाडि मतगणनास्थल भक्तपुरको मधयपुरथिमि नगरपालिका बोडेस्थित कृषि बिकास बैंकको तालिम केन्द्रमा बुझाउन लामबद्ध कर्मचारी। तस्बिर : रासस

काठमाडौँ- भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ। मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा जाँदा सुरु भएको मतगणनामा प्रतिनिधिसभातर्फ कांग्रेसले नेकपा एमालेका उम्मेदवारलाई पछाडि पार्दै अग्रता लिएको हो।

गठबन्धनका उम्मेदवार कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले एमालेका उम्मेदवार महेश बस्नेतलाई छ सय मतान्तरले अग्रता लिएका छन्। मध्यपुर थिमि नगरपालिका–३ कौशलटार, सूर्यविनायक नगरपालिका–१ सिरुटार र सूर्यविनायक नगरपालिका–५ कटुन्जे तीनवटा मतदान केन्द्रका मतगणनामा कांग्रेसले दुई हजार तीन सय ३० मतले अग्रता लिएको छ।
एमाले एक हजार छ सय ३२ मत ल्याउँदा राष्ट्रियता प्रजातन्त्र पार्टीले दुई सय ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले चार सय २४ र नेपाल मजदुर किसान पार्टीले दुई सय ५० मत प्राप्त गरेको छ। मतगणना जारी रहेको छ।

निर्वाचनमा भक्तपुरमा कूल एक लाख ९४ हजार चार सय ३९ मतदाता रहेकोमा एक लाख ३९ हजार नौ सय ३८ मत खसेको अर्थात् ७१ दशमलव ९७ मत खसेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए।

प्रकाशित: ५ मंसिर २०७९ ८:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + five =