मधेश प्रदेशमा ६२ प्रतिशत मत खस्यो

'शान्तिपूर्ण रूपमा मतदान सम्पन्‍न भयो'

हिमाल प्रेस ४ मंसिर २०७९ २०:१२
14
SHARES
मधेश प्रदेशमा ६२ प्रतिशत मत खस्यो फाइल तस्बिर

जनकपुरधाम– मधेश प्रदेशमा एक दुई मतदान केन्द्रमा छिटफुट घटनाबाहेक प्रदेश र प्रतिनिधिसभाका लागि भएको मतदान सफलतापूर्वक सम्पन्न भएको छ। मधेश प्रदेशमा ६२.५ प्रतिशत मत खसेको छ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चलेको मतदानमा मतदाताको सहभागिता उत्साहपूर्ण देखिएन।

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा ७० प्रतिशत मत खसेको थियो भने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मधेश प्रदेशमा ६२.५ प्रतिशतमात्रै ममतदान हुन सक्यो। मधेश प्रदेशको बारामा सबैभन्दा ६६ प्रतिशत मतदान भएको अनुमान गरिएको छ।

यस्तै रौतहट र महोत्तरीमा ६५ प्रतिशत, धनुषा र सप्तरीमा ६२ प्रतिशत, सिरहा, पर्सा र सर्लाहीमा ६० प्रतिशत मतदान भएको छ। अहिले मतपेटिका संकलन गरेर तोकिएको मतगणना स्थलमा पठाउने कार्य भई रहेको छ। आइतबार रातिबाट मतगणना गर्ने तयारीसमेत गरिएको छ।

प्रकाशित: ४ मंसिर २०७९ २०:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =