गाउँ विकासको सुरुवात एमालेले गरेको हो : ओली

हिमाल प्रेस २७ कार्तिक २०७९ ७:५१
गाउँ विकासको सुरुवात एमालेले गरेको हो : ओली

दैलेख– नेकपा एमाले अध्यक्ष ओलीले देशलाई एमालेले मात्र समृद्ध बनाउन सक्ने बताएका छन्। दैलेखको जम्बुकाँधमा आयोजित चुनावीसभामा उनले यस्तो बताएका हुन्।

यसपटकको निर्वाचनले देशको भविष्यको फैसला गर्ने भएकाले राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डतार राष्ट्रिय हितको संरक्षण गरी देशको गौरव बढाउने एमालेलाई विजयी गराउन मतदातासमक्ष उनले आग्रह गरे।

दैलेखमा ज्वालामुखी अनुसन्धान आफूले नै गराएको दाबी गर्दै उनले भने, ‘पानीमा ज्वाला बलेको उहिल्यै सबैले देखेका थिए तर म आएर हेरेर अनुसन्धान गरौँ भनेर अनुसन्धान गराइयो, उत्खनन पक्कै हुन्छ ।’

०५१ मा एमालेको सरकारले ल्याएको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भन्ने कार्यक्रमबाट भएको गाउँमा विकासको लहर चलेको भन्दै उनले  त्यतिबेला एमाले सरकारले गाउँको विकासको सुरुवात गरेको दाबी गरे।

प्रकाशित: २७ कार्तिक २०७९ ७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + fifteen =